Logo
४ आश्विन २०८१, शुक्रबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरुमा आपसी सहमतीमा यौण सम्बन्ध, पछि ब्लातकार गरेको आरोपमा पक्राउ

काठमाडौं : सुरुमा आफूखुशि तर सम्बन्ध बिग्रेपछि एक किशोरीले एक युवामाथी ब्लातकार गरेको भन्दै जाहेरी दर्ता गराएकी छन् । उक्त किशोरीले आफूलाई नायिका बनाइदिन्छु भन्दै बलात्कार गरेको दावी सहित एक फोटोग्राफर विरुद्ध उजुरी दर्ता गराएपछि प्रहरीले उक्त युवालाई पक्राउ गरेको छ ।

प्रहरीले चितवनको खैरहनी–१३ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने अमन तामाङलाई पक्राउ गरेको हो । तामाङले आफू कलाकार भएको र धेरै निर्देशकसँग चिनेको विश्वासमा पारी किशोरीलाई नायिका बनाउने प्रलोभन दिएका थिए । फिल्मका लागि कुरा गर्न भन्दै होटलमा बोलाएर उनले किशोरीमाथि यौनशोषण गरेका हुन् ।

फरार रहेका तामाङविरुद्ध उक्त किशोरीको जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो । उनी पेसाले फोटोग्राफर भएको गौशाला वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए । सुरुमा उनले किशोरीलाई नयाँ बसपार्कको होटलमा बोलाएर यौणसम्बन्ध राखेका थिए । पछि गौशालाको होटलमा बोलाएर सम्बन्ध राखेको उक्त युवतीले आरोप लगाएकी छन् ।  प्रहरीले जाहेरी दर्ता गरेपछि उक्त त्यसपछि फरार उनी पक्राउ परेका हुन् ।

तर  उक्त युवाको आफन्तले दुवैको आपसी सहमतीमै यौणसम्बन्ध भएको तर पछि ब्लकमेलिङ्गका लागि मुद्दा दायर गरेको बताएका छन् । ‘खाली केटा नै दोशी हुदैन, र तपाई पत्रकारहरुले पनि खाली केटालाई राक्षस र केटी सत्ति सावित्रि बनाइदिनुहुन्छ’ उनका आफ्न्तले भने ‘यदि यो ब्लातकार नै हो भने पटक पटक कसरी भयो ? सुरुमै उक्त युवतीले किन अवाज उठाएनन् ?’

तामाङसँग युवतीको फेसबुकमार्फत चिनजान भएको थियो । फेसबुक च्याटमा तामाङले आफू कलाकार भएको भन्दै भ्रममा पारेका थिए । उनी सामान्य कार्यक्रम तथा बिहेहरुमा फोटो खिच्ने काम गर्दै आएका थिए । मोबाइल स्वीच अफ गरेर फरार रहेका तामाङलाई प्रहरीले १८ गते पक्राउ गरेको हो । जर्बजस्ती करणी मुद्दामा उनीविरुद्ध कारबाही अघि बढाइएको डिएसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्