एब्रोड स्टडीका लागि उत्कृष्ट गन्तब्य बन्दै NIBC एजुकेशनल फाउण्डेशन
कन्सल्टेन्सीले एक पटक सम्पर्कमा आएका विद्यार्थीलाई नेपाल र विदेशमा हुंदा समेत विभिन्न माध्यममार्फत सम्पर्कमा बसेर आवश्यक परामर्श र सहयोग गर्दै आएको छ । डकुमेन्टेशन, भिषा प्रोसेस, कलेजमा हुने भर्ना र आफू जाने देशको बारेमा सम्पूर्ण जानकारी दिएर विद्यार्थीहरुलाई सहज वातावरण बनाउन कन्सल्टेन्सीको भूमिका महत्वपूर्ण रहंदै आएको छ । साथमा काठमाडौंबाट टाढा रहेका विद्यार्थीहरुलाई एब्रोड स्टडीका बारेमा जानकारी लिन मन लागेमा स्काईप वा टेलिफोनबाट पनि काउन्सेलिङ गर्दै आएको कन्सल्टेन्सीको भनाई छ ।
भारत, अमेरिका, अष्ट्रेलिया, जर्मनी, क्यानडा, चाईना, न्यूजील्याण्ड, बङ्गलादेश, फिलिपिन्सलगायतका मुलुकमा विभिन्न फ्याकल्टीमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि यस कन्सल्टेन्सीले काम गर्दै आएको छ ।
सबैभन्दा बढी भारतमा र त्यसपछि अष्ट्रेलिया, अमेरिकामा जाने विद्यार्थीहरु धेरै छन् । नेपालमा उच्च शिक्षा अध्ययन सकेपछि साइन्स, म्यानेजमेन्ट, मेडिकल, नर्सिङ, कम्प्युटर साईन्स, इञ्जिनियरिङ, जर्नालिज्म, एग्रिकल्चरलगायतका ५० भन्दा बढी विषयमा यहाँबाट विदेश पढ्न जान सकिन्छ ।
यसका लागि आवश्यक आईएलटीएस, टोफल, स्याट, जीआरई, जीम्याट जस्ता अङ्ग्रेजी टेस्ट र अन्य भाषाका कक्षाहरु पनि यहाँ सञ्चालित छन् । शान्त वातावरणमा अनुभवी इन्स्ट्रक्टरबाट ल्याब र लाइब्रेरी सहितको साप्ताहिक टेस्ट हुने भएकाले यहाँबाट आईएलटीएस पढ्नेहरुले राम्रो स्कोर ल्याएको म्यानेजिङ डिरेक्टर कुशवाहा बताउँछन् ।
कन्सल्टेन्सीको समय
जाडोयाममा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म र गर्मीयाममा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म कन्सल्टेन्सी खुल्ने गरेको छ । यो अवधिमा जो कसैले आफूलाई पायक पर्ने समयमा गएर आईएलटीएस पढ्न र अन्य जनकारी लिन सक्नेछन् । ६ हप्ताको यस कोर्षका लागि ६ हजार ५ सय रुपैयाँ लाग्ने छ । आफूले पढ्न चाहेको देश, विश्वविद्यालय र फ्याकल्टीको बारेमा कन्सलटेन्सीले सबै प्रक्रिया गर्दै आएको छ ।
बिशेषता :-
विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुले यहि कन्स्ल्टेन्सी रोज्नुपर्ने बिशेषता के छन ? भन्ने प्रश्नमा म्यानेजिङ डिरेक्टर कुशवाह भन्छन्, ‘हामीसँग विश्वका सयभन्दा बढी टप कलेजहरुसँग सिधा सम्बन्ध छ, इन्टेक शुरु हुने बेलामा सो कलेजका प्रतिनिधि नेपाल आएर विद्यार्थीहरुलाई आफैं जानकारी दिने गर्दछन्, यहाँबाट एप्लाई गर्ने विद्यार्थीको भिषा सक्सेस रेट पनि बढ्दो छ, आईएलटीएस पढ्ने विद्यार्थीले राम्रो स्कोर ल्याउँदै आएका छन्, त्यसैले अरु कन्सल्टेन्सी नराम्रो छन भन्दिन तर, हामी उत्कृष्ट नतिजा दिंदै आएकाले यहाँ आउने विद्यार्थीले गुनासो गर्ने मौका पाउँदैनन् ।’
कन्सल्टेन्सीका म्यानेजिङ डिरेक्टर रवि सिंह कुशवाहा
एउटा विद्यार्थीका लागि राम्रो देशमा गएर अध्ययन गर्नु र विदेश अध्ययनका लागि पठाउनु चुनौतीपूर्ण काम हो । विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले जुन पायो त्यहि संस्थाबाट जाँदा र सस्तो अनि कामको प्रलोभन देखाएर पठाउने कन्सल्टेन्सीका कारण जेन्युइन काम गरिरहेका संस्थाहरुलाई पनि समस्या परेको देखिन्छ ।
एक दुई कन्सल्टेन्सीले गलत काम गर्दा र विद्यार्थीहरुसँग बद्मासी गर्दा उत्कृष्ट सेवा दिंदै आएका संस्था पनि त्यहि घानमा मुछिएको कुशवाह बताउँछन् । यसमा राज्यले अनुगमन गरी राम्रो र नराम्रो संस्था छानेर प्रोत्साहन र सजायको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । यो क्षेत्रमा प्रोफेशनल मान्छे आउने हो र सहि काम गर्ने हो भने विद्यार्थीले विदेश गएर दुःख पाउनु नपर्ने उनको दावी छ । कन्सल्टेन्सीको छाता संगठनको रुपमा काम गर्दै आएका ईक्यान, नाईस जस्ता संस्थाहरुले पनि यसको लागि काम गर्नुपर्दछ ।