Logo
४ आश्विन २०८१, शुक्रबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तरिम कार्यविधि पारित गर्दै राष्ट्रियसभाको पहिलो बैठक सम्पन्न

काठमाडौं : राष्ट्रियसभाको पहिलो बैठक राष्ट्रियसभाको अन्तरिम कार्यविधि पारित गरेर मंगलवारसम्मका लागि स्गथति भएको छ ।  ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा भएको बैठकमा सुरुमा प्रधानमन्त्री र मन्त्रीहरु नियुक्तिबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।

संसद भवन नयाँ वानेश्वरमा बसेको बैठकले राष्ट्रियसभा नियमावली तयार नहुँदासम्म बैठक सञ्चालन गर्न दलीय छलफलमा तयार भएको अन्तरिम कार्यविधि पारित गरेको हो । सोमबारको बैठकमा अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न तीन जना सांसद मनोनित गरिएको छ ।

जसमा एमालेका परशुराम मेघी गुरुङ, नेपाली कांग्रेसका राघेश्याम अधिकारी र नेकपा माओवादी केन्द्रका कालीबहादुर मल्ल रहेका छन् । बैठक मंगलबार दिउँसो ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्