Logo
४ आश्विन २०८१, शुक्रबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तरिम नियमावली पारित गर्दै संघीय संसदको पहिलो बैठक सकियो

काठमाडौं : अन्तरिम नियमावली पारित गर्दै संघीय संसदको पहिलो बैठक सकिएको छ । देश संघीयतामा गएपछि सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक बसेको हो । प्रतिनिधिसभा निर्वाचन सकिएको तीन महिनापछि आइतबार सांसदहरूले शपथ ग्रहण गरेका थिए ।

प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले र राष्ट्रिसभाको अध्यक्षता ज्येष्ठ सदस्य तारादेवी भट्टले गर्ने छन् । संसदीय परम्पराअनुसार बैठकको सुरूमा राष्ट्रपतिबाट संघीय संसद्को आह्वान भएको सम्बन्धी पत्र पढेर सुनाएको छ ।

पहिलो बैठक भएकाले शहीदहरूको सम्मानमा मौनधारण गर्ने र प्रधानमन्त्रीको नियुक्ति तथा मन्त्रिमण्डल बिस्तारबारे समेत जानकारी गराइएको छ ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्