Logo
४ आश्विन २०८१, शुक्रबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्वउत्तर भारतमा पनि मोदी लहर : २६ वर्षे वामपन्थी किल्ला तोड्यो भाजपा

निकै संवेदनशील राजनीति मानिने भारतको पुर्वउत्तर क्षेत्रमापनि भारतीय जनता पार्टीले जीत हासिल गरेको छ । राज्यस्तरमा बिधानसभाको चुनावमा भारतीय जनता पार्टीले मात्र जीत हासिल गरेका छैनन की उसले २६ वर्षको बामपन्थी सत्तालाई तोडन समेत सफल भएको छ । भारतीय संचारमाध्यम एबिपि न्यूजका अनुसार अब भारतको ७० प्रतिशत क्षेत्रमा भारतीय जनता पार्टीले कब्जा जमाउन सफल भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीकोको लोकप्रियताका कारण भाजपाले यो जीत हासिल गर्न सफल भएको बताइएको छ । नेपालमा दुई तिहाई बहुमतसहित वामपन्थीको केन्द्रीय सरकार गठन गरेको बेलामा उता भारतमा भने वामपन्थीको किल्लाहरु ढल्दैछन् । त्रिपुरामा वामपन्थी पार्टी माक्र्सवादी कम्युनिष्ट पार्टी (सिपिएम) को २६ वर्षदेखि रहेको किल्ला भतकाउदै भाजपाले जित हासिल गरेको हो । त्रिपुरामा बामपन्थीको यो हारसँगै भारतमा वामपन्थीहरुको सत्ता केरला बाहेक सबै राज्यमा पुर्णरुपमा ध्वस्त भएको छ ।

एबिपि न्यूजका अनुसार भारतको पश्चिम वंगालपछि सिपिएमको सबभन्दा शक्तिशाली संगठन र सरकार त्रिपुरामा नै थियो । त्यसलाई पराजय गर्नका लागि कसैले सोच्न पनि सकिरहेको थिएन तर भाजपाको लामो प्रयासपछि वामपन्थीका किल्ला ढलेको हो । अब भारतमा केरलामा मात्र वामपन्थी सरकार बाँकी छ तर त्यहाँ पनि भाजपाले किल्ला जमाएर बसेको छ । ६० सदस्यका लागि भएको विधानसभा मतदानमा ७० प्रतिशत मत खसेको थियो । ३१३ उम्मेदवारमध्ये सिपिएमले आफ्ना ५६ उम्मेदवार उठाएको थियो भने भाजपाले ५१ सीटमा आफ्नो उम्मेदवारी दिएको थियो । जस्मा ४३ सथानमा भाजपाले जित हासिल गरेको छ ।

अहिले भाजपाले त्यहाँ दुई तिहाई सीट हासिल गरेको छ । जो कसैले कल्पना समेत गरेको थिएन । भाजपालाई उत्तर भारतको मात्र पार्टी हो भनि आरोप लाग्दै आएका थियो । तर यो जितले त्यो आरोप समाप्त भएको छ । अब यससँगै भारतको २० राज्यमा भाजपाको आफ्नो तथा संयुक्त सरकार हुने भएको छ । हुन त भाजपाले नर्थ–इस्टको राज्य असम र मणिपुरमा पनि भाजपाले जित हासिल गरेको छ । तर जसरी त्रिपुरामा वामपन्थीको २५ वर्षको किल्ला ध्वस्त पारेको छ, त्यसले भारतीय राजनीतिमा ठूलो अर्थ राखेको छ । यसअघि यस्तै मजबुत रहेको बंगालमा वामपन्थीको बर्चस्व पनि समाप्त भएको थियो ।

सौजन्य : हिन्दुस्तान टाइम्स

भाजपाले वामपन्थको बर्चस्व भएको राज्य बंगाल लगायत अन्य ठाउँमा पनि ध्वस्त पारेको थियो तर त्रिपुरा जतिको चर्चा कहि पाएको छैन । त्रिपुरामा आफ्नो पकड बनाउनका लागि भाजपाले आफ्नो सम्पूर्ण शक्ति लगाएको थियो । यहाँसम्म कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यान पनि त्यतैतिर थियो । उनले त्यहाँका लागि विभिन्न विकासका एजेण्डा लिएर जानुको साथै त्यहाँको विकासका लागि एउटा छुुटै मन्त्रालय समेत गठन गरेका थिए । भाजपाको मातृसंगठन मानिने आरएसएसले त्यहाँ धेरै पहिलादेखि काम गर्दै आएको थियो ।

त्यहाँ वनवासी कल्यण आश्रम सञ्चालन गरेर आदिवासी जनजातिलाई पार्टीसँग जोड्ने काम गरेको थियो । त्यसबाहेक जनकाल्याणका कार्यक्रमहरु पनि सञ्चालनमा ल्याएको थियो । चुनावको समयमा त उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई नै त्यहाँ विशेष रुपमा खटाइएको थियो । उनी चुनाव प्रचारका विशेष दूत थिए, त्यहाँका लागि ।
भाजपाले सांगठनिक रुपमा त्यहाँ हेमत विश्वसरमालाई नार्थ–इस्टको जिम्मेवारी दिएको थियो । उनकै अगुवाईमा भाजपाले त्रिपुराको आदिवासी क्षेत्रमा बर्चस्व कायम राखेको आईपीएफटीसँग पनि सम्झौता गर्न भ्याएको थियो ।

 

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्