Logo
४ आश्विन २०८१, शुक्रबार
(March 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मातृभाषा मगही बताउने उपेन्द्रले मैथिलीमा सपथ लिने

काठमाडौं : प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले सपथका लागि ८ भाषामा रोजेका छन् । विभिन्न सांसदले आफूले चाहेको भाषामा सपथ लिन संसद सचिवालयमा निवेदन दिएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद पदको सपथ मैथिलीमा लिने भएका छन् । तर यादवको मातृभाषा भने मैथीली होइन, उनले निर्वाचनका बेला यसअघि उम्मेदवारी पत्र दर्ता गराउने बेलामा मातृभाषा मगही लेखेका थिए ।

यादव जस्तै राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले पनि मैथिलीमा सपथ लिने भएका छन् । राजपा अध्यक्ष मण्डलकै अर्का नेता राजेन्द्र महतोले भने हिन्दीमा सपथ लिने भन्दै संसद सचिवालयललाई जानकारी दिएका छन् । राजपाकै महिन्द्रराय यादवले बज्जिकामा सपथ लिँदैछन् । ठाकुरले मैथलीमा र महतोले हिन्दीमा सपथ लिने निवेदन दिएपछि चौतर्फी चर्चाको विषय बनेको छ । तर महतोले भने अरु नेताहरुले मुद्दा बिर्सजन गरेको आरोप लगाएका छन् । उनलले आफू आफ्नो अडानमा कायम रहेको दावी गरेका छन् ।

“गजेन्द्रनारायण सिंहले स्थपना गरेको पथमा रहेर म राजनीतिमा आएको हु अरुले मुद्दा बिर्सजन गरे भन्दैमा मेलै त्यस्तै गर्नुपर्छ भन्ने छैन” महतोले भने “अरु जस्तो म कांग्रेस र एमालेबाट आइ मधेश केन्द्रित राजनीतिमा आएको होइन । सुरुवातदेखि नै सदभावनाको आफनो अडान छ, हिन्दी सम्पर्क भाषा हो र हुनुपर्छ भन्ने हाम्रो अडान हो । हो म जनकपुरबाट निर्वाचित सांसद हु तर ममाथी नेपालगंज र झापाको मधेशीले पनि आस राखेका छन् मेलै उहाँहरको पनि प्रतिनिधित्व गर्नुपर्छ । मधेशमा अनेक भाषा छ मात्र मैथीली भोजपुरी मधेशको भाषा होइन नी ?”

संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदलाई फागुन १८ गतेसम्म जानकराी गराउन समय दिएको छ। हालसम्म ४० भन्दा बढी सांसदले मातृभाषामा सपथ लिने जानकारी गराएका हुन् । सपथको व्यहोरासमेत सम्बन्धित सांसदले अनुवाद गरेर संसद सचिवालयाई दिनुपर्ने हुन्छ । नेपालीपछि सबैभन्दा धेरै मैथिली भाषामा सपथ लिन सांसदहरुले सूचना संसद सचिवालयमा दिएका छन् ।

राष्ट्रिय सभातर्फ मैथिलीमा बृषेशचन्द्र लाल, डा. सुरेन्द्रकुमार यादव, प्रमिला कुमारी, सूर्यनारायण यादव (सुरज)ले सपथ लिँदैछन्। त्यस्तै हिन्दीमा रमेश यादव र बज्जिका भाषामा रामप्रित पासवानले सपथ लिदैँछन् । प्रतिनिधिसभातर्फ नेवारीमा राजेन्द्र श्रेष्ठले सपथ लिँदैछन्। मगर भाषामा वर्षमान पुन र ओनसरी घर्तीले सपथ लिदैछन्। घर्ती पूर्वसभामुख हुन् ।

मैथिलीमा उपेन्द्र यादव, उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वे, सुरेशचन्द्र दास, शरतसिंह भण्डारी, राजकिशोर यादव, महन्थ ठाकुर, रेणुकुमारी यादव, दिलकुमारी, मातृका यादव, इन्दुकुमारी शर्मा र मिनाक्षी झाले सपथ लिँदैछन् । हिन्दीमा अनिलकुमार झा, प्रमोद शाह, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, रानी मण्डल, सरिता गिरी र चन्दा चौधरीले सपथ लिँदैछन् ।

अवधीमा मुअम्मद इस्तियाक राइले सपथ लिँदैछन् । त्यस्तै भोजपुरीमा प्रदीप यादव, रामबाबुकुमार यादव, रामसहायप्रसादय यादव, हरिनारायणप्रसाद रौनीयार र अकवाल मियाँले सपथ लिँदैछन् । थारु भाषामा गंगा चौधरी सत्गौवा, शान्ता चौधरी र रेशमलाल चौधरीले सपथ लिँदैछन् । त्यस्तै तामाङ भाषामा हितबहादुर तमाङले सपथ लिँदैछन् ।

बज्जिका भाषामा महिन्द्रराय यादवले सपथ लिँदैछन् । उनले भने जेष्ठ सदस्यको हैसियतमा राष्ट्रपति समक्ष सपथ लिनेछन् । यादवको सपथ २० गते दिउँसो १ बजे हुनेछ । त्यस्तै उर्दु भाषामा रोहीनाजले सपथ लिँदैछन् । संसद सचिवालयले आउँदो २० गते ३ बजे राष्ट्रिय सभाका सांसद र ४ बजे प्रतिनिधि सभाका सांसदका लागि सपथ राखेको छ।

प्रकाशित मिति: Mar 3, 2018

प्रतिक्रिया दिनुहोस्