Logo
४ आश्विन २०८१, शुक्रबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताको प्रक्रिया चैतको पहिलो साता टुङ्गिन्छ : दाहाल

काठमाडैं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले—माओावदीको पार्टी एकताको प्रक्रिया चैतको पहिलो साता टुङ्गिने बताएका छन् । अछाममा रामारोशन महोत्सवको उद्घाटन गर्न जाने क्रममा शुक्रबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै पार्टी एकताको प्रक्रिया चैतको पहिलो सातामा टुङ्गिने बताए । उनले नयाँ वर्षसम्म पार्टी एकताको घोषणा हुने दावी गरे ।

एकताका लागि अन्तरिम राजनीतिक प्रतिवेदन तयार गर्न र आन्तरिक विधान र संगठनको सेट मिलाउनबारे सुझाव दिन बनेको कार्यदलले आफ्नो काम अन्तिम चरणमा पु¥याएको जानकारी दिदै अध्यक्ष प्रचण्डले संयोजन समितिले विधानको अन्तिम रुप दिएपछि छिट्टै पार्टी एकता टुङ्गिने बताए ।

‘पार्टी एकता सुनिश्चित छ । दुवै कार्यदलले प्रतिवेदन बुझाई सकेपछि त्यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम रुप दिन्छ’ उनले भने, ‘त्यस पछि हामी केन्द्रीबय नेतृत्वको संयुक्त बैठक बसेर आ–आफ्नो केन्द्रको भंग गर्ने र नयाँ केन्द्र गठन गर्ने प्रक्रिया चैतको पहिलो हप्तासम्म टुङ्गाउँछौँ ।’ अध्यक्ष प्रचण्डले सरकारमा फोरमलाई पनि सहभागी बनाएर लैजाने भएकाले सरकारले पूर्णता पाउन ढिलाई भएको बताए ।

उनले भोलि मन्त्रालय टुंगिएपछि सरकारले पूर्णता पाउने बताए । ‘एमाले र माओवादीको मन्त्रालयका विषयमा मोटामोटी सहमति भइसकेको थियो । फोरम पनि सरकारमा आउने भएपछि थप छलफल गर्नुपर्ने भएकाले ढिलाई भएको हो ।’ उनले, ‘भोलिसम्म सबै टुङ्गो लाग्छ ।’ पहिलो पटक फोरम र कम्युनिष्ट पार्टीको सरकारले बन्न लागेको भन्दै सरकारले पूर्णता पाउन साथ सुशासन स्थायीत्व र विकास समृद्धिमा केन्द्रित भएर काम गर्ने बताए ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्