Logo
४ आश्विन २०८१, शुक्रबार
(March 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार गर्नेलाई एक एक गरेर जेल हाल्छु : अध्यक्ष दाहाल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारीलाई एक एक गरेर जेल हाल्ने बताएका छन् । बिहीबार नवलपरासीको बर्दघाटमा शहीद परिवार सम्मान कार्यक्रमम उनले राज्यको तलब सुविधा लिएर भ्रष्टाचार गर्नेलाई जेल हाल्ने बेला आएको बताए ।

उनले नोकरीतन्त्रमा, सुरक्षा निकायमा वा अन्य स्थानमा बसेर भष्टाचार गर्नेहरुलाई अब जेल हाल्ने बेला आएको छ ।’ देशमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन आउन अझै बाँकी रहेको भन्दै प्रचण्डले जनताको जीवनमा परिवर्तन ल्याउन देशमा सुशासन कायम गर्नुपर्ने भएकाले सरकारी निकाय, सुरक्षा क्षेत्र र न्यायालयमा रहेको भ्रष्टाचारलाई बामपन्थीको सरकारले अन्त्य गर्ने बताएका छन् ।

प्रकाशित मिति: Mar 2, 2018

प्रतिक्रिया दिनुहोस्