Logo
४ आश्विन २०८१, शुक्रबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवलाई गिरफ्तार गरिने, प्रक्राउ पुर्जी जारी

काठमाडौं : सरकारले नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई गिरफ्तार गर्ने थालिएको छ । कपिलबस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको हो । विप्लवको घरमा पुर्जी टाँस भएको छ । जिल्ला प्रहरी कार्यलय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको पुष्टी गरे ।

उनका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको हो । विप्लव लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।नेकपाका नेताहरुको पुर्जी टाँसका विषयमा प्रतिक्रिया पनि पाएको छ । नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले विप्लवको घरमा पक्राउ पुर्जी टाँस गरिएको बताए ।

आफ्नो फुसवुक वालमा महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ ? भन्ने प्रश्नसहित त्यसपछि उत्पन्न हुने राजनीतिक अबस्थावारे लेखेका छन् । नेता बमले यसले राज्यले लिने नीति स्पष्ट गरेको र अब आफ्नो पार्टी त्यहीँ अनुसार अगाडि बढने बताए ।

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्