Logo
१३ मंसिर २०८१, बिहीबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाले सिरियामा पानी जहाजबाट रसायनिक हतियार निर्यात गरेको खुलासा

उत्तर कोरियाले सिरियामा रसायनिक हतियार निर्यात गरेको अमेरिकाले दाबी गरेको छ । पानी जहाजबाट उत्तर कोरियाले रसायनिक हतियार सिरियामा निर्यात गरेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । सिरियाको दमासकसमा गएको आइतबार रसायनिक हतियार प्रयोग गरिएको भन्दै सिरियाको सरकारप्रति भैरहेको बिरोधमा उत्तर कोरियाले रसायनिक हतियार निर्यात गरेको खुलासा भएको उल्लेख रहेको छ ।

सिरिया सरकारले आफूले रसायनिक हतियार प्रयोग नगरेको भनेपछि रसायनिक हतियार प्रयोगको अनुसन्धान भैरेहको थियो । दमासकसको गौघाटमा भर्खरै क्लोरिन ग्यासको प्रयोग भएको पाइएपछि विभिन्न देशहरुले सिरिया सरकारको आलोचना गरेका थिए । कोरियाले उद्धार तथा राहत सामानसहित रसायनिक हतियारको निर्यात सिरियामा गरेको अमेरिकी अधिकारीले दाबी गर्दै आएका छन् ।

कोरियाले सिरियाका रसायनिक हतियार बनाउने सामाग्री निर्यात गरेर मिसायल कार्यक्रमका लागि पैसा जुटाएको अमेरिकी दाबी छ । रिपोर्टमा नाकाबन्दीमा रहेको उत्तर कोरियालाई सिरियासँगको व्यापारले मिसायलमा ठूलो सहयोग पुर्याउने खतरा देखाइएको छ । सर्वसाधारणले पहुँच हुने गरी सार्वजनिक नगरिएको उक्त रिपोर्ट न्यूयोर्क टाइम्सले मात्रै हेरेको जनाइएको छ ।

उक्त रिपोर्ट कहाँ, कहिले र कसरी सार्वजनिक हुन्छ भन्ने कुनै खुलासा भएको छैन । न्यूयोर्क टाइम्सका रिपोर्टरले उक्त रिपोर्टका बारेमा जानकारी लिन खोेज्दा संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले रिपोर्ट कहिले सार्वजनिक हुन्छ भन्ने कुनै जानकारी नभएको बताएका छन् । उनले मंगलबार रिपोर्टरसँग रिपोर्टबारे केही नबोलेको तर नाकाबन्दीको पालना सबै राष्ट्रहरुले गर्नुपर्ने बताएको न्युयोर्क टाइम्सले जनाएको छ ।

२ सय पेजको रिपोर्ट फरक फरक देशका ८ जना विज्ञको टोलीको लामो अनुसन्धानपछि बनाइएको बताइएको छ । उक्त विज्ञको टोलीले सिरिया र उत्तर कोरियाको प्रतिबन्ध गरिएका रसायनिक हतियार तथा मिसायलको बारेमा दुई देशबीचको सम्बन्धको अध्ययन गरिरहेको जनाएका छन् । केही महिना अगाडि उत्तर कोरियाका समुन्द्रमा पक्राउ परेका जहाजमा पनि त्यस्ता सामाग्री भएको आशंका गरिएको छ ।

झण्डै आधा दशकदेखि युद्ध चलिरहेको सिरियामा अहिलेसम्म साढे ४ लाखभन्दा धेरै नागरिकले ज्यान गुमाइसकेका छन् । भर्खरै दमास्कस नजिकैको पूर्वी गुटा शहरमा विद्रोही र सरकारी पक्षबीच भएको भिडन्तमा ५ सयभन्दा धेरैले ज्यान गुमाइसका छन तर युद्ध रोकिएको छैन् । गएको हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले ५० भन्दा बढी देशहरुमा सामान निर्यात गरिरहेको भन्दै नयाँ प्रतिबन्ध लगाउने बताएका थिए ।

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्