Logo
२२ कार्तिक २०८१, बिहीबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली नेतृत्वको संघीय सरकार : अझै एक दर्जन मन्त्रालय मन्त्रीविहीन

काठमाडौं : एक दर्जन मन्त्रालय अझै मन्त्रीविहीन छन् । सत्तारुढ दलहरुभित्र मन्त्री बन्ने आकांक्षी बढेपछि सरकारले अझै पूर्णता पाएको छैन् । दोस्रो पटक सोमबार एमाले र माओवादी केन्द्रबाट २–२ जना मन्त्री थप भएपनि बाँकी ११ मन्त्रालय अझै मन्त्रीविहीन छन् । दुई दलबीच एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने सहमति भएपनि अन्तिम समयमा संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुने भएपछि भागबण्डामा केही परिवर्तन हुने भएको हो ।

सत्तारुढ दलहरुले फोरमका कारण सरकार बिस्तारमा ढिलाई भएको बताएपनि आफ्नै पार्टीकालाई व्यवस्थापन गर्न नसक्दा समस्या भएको नेताहरुले बताएका छन् । फोरम सरकारमा आउने भनिएपनि राजनीतिक सहमति हुन नसकेपछि उसको पनि अन्यौल देखिएको छ । संविधान संशोधनमा उधारो सहमति गरेर जान नहुने भन्दै फोरम अध्यक्ष उपेन्द्र यादवलाई उनकै दल र राजपाबाट तीब्र दबाव परेको छ ।

आफ्नो भागमा परेका मन्त्रालयमा माओवादीभित्र झण्डै डेढ दर्जन आकांक्षी देखिएका छन् । एमालेभित्र पनि दुई दर्जनबढी आकांक्षी देखिएका छन् । बाम गठबन्धनले केन्द्रमा १८ सदस्यीय मन्त्रीमण्डल बनाउने सहमती गरेको बुझिएको छ ।

प्रकाशित मिति: Feb 27, 2018

प्रतिक्रिया दिनुहोस्