Logo
२२ कार्तिक २०८१, बिहीबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री खतिवडाले गरे पदभार ग्रहण, कर्मचारीहरुद्धारा स्वागत

काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले शपथपछि अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो शीतल निवासमा शपथपछि उनले सिधै अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । ओली सरकारमा अन्तिम समयमा आकस्मिक रुपमा युवराज खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । पदभार ग्रहण गर्न मन्त्रालय पुग्दा त्यहाँ तेनाथ रहेका सबै कर्मचारहरुले उनलाई स्वागत गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीले एमालेले बनाउने आर्थिक विकास सम्बन्धि योजनाका ‘मास्टर माइन्ड’ मानिने डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएका हुन् । राष्ट्रबैंकको गभर्नर र राष्ट्रिय योजनामा आयोगमा दुईपटक उपाध्यक्ष र एकपटक सदस्य समेत रहेका खतिवडा विकासम्बन्धि अवधारणा र र मौद्रिक नीतिका विज्ञ हुन् । ओलीका अत्यन्तै विश्वासपात्र मानिने खतिवडा यसअघिको ओली सरकारको बजेट निर्माण गर्ने मध्येका एक थिए ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटको मुख्य डिजाइनर खतिवडा नै हुन् । त्यसबेला उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । योजना आयोगको उपाध्यक्ष भए पनि उनको मुख्य काम र ध्यान अर्थमन्त्रालय र प्रधानमन्त्री मातहतका निकायको विकासम्बन्धि कामको ‘वाच’ गर्ने पनि थियो ।

खतिवडा राष्ट्रबैंकको गभर्नर भएपछि केही उलेख्य काम गरे। बैकहरुको मर्जर नीति अघि सारे, घरजग्गा कारोबार लगायतका कारण डुब्न लागेको अर्थतन्त्रलाई उकास्ने गरी उनले घरजग्गा कारोबारको नीतिलाई कडाई गरे । ट्याक्स छली गरी विदेशबाट नेपालमा भित्राउन खोजिएको अवैध रकमलाई रोक्ने नीति पनि खतिवडाको गभर्नर कार्यकालको मुख्य उपलब्धी थियो ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्