Logo
४ आश्विन २०८१, शुक्रबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विनालाई मन्त्री बनाउन माओवादीको ७ नम्बर प्रदेश कमिटीको निर्णय

काठमाडौं : माओवादी केन्द्र पार्टी अध्यक्ष प्रचण्डकी बुहारी विना मगरलाई माओवादी केन्द्रले मन्त्री बनाउने तयारी गरेको छ ।

चुनावको मुखैमा पति बियोगमा परेकी विनालाई मन्त्री बनाउन प्रदेशका सबै नेताहरु सहमत भएको बताइएको छ । उनी कञ्चनपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पनि भएकी थिइन् । विनालाई मन्त्री बनाउन माओवादीको ७ नम्बर प्रदेश कमिटीले नै निर्णय गरेको थियो । उनको प्रस्ताव प्रदेश इन्चार्ज लेखराज भट्टलेनै गरेका हुन् ।

रामबहादुर थापा बादल गृहमन्त्री बन्ने भएका छन् भने अरुको नाम छलफलमै छ । स्रोतका अनुसार विना मन्त्री बन्ने पक्का छ । केही नेताले राज्यमन्त्री मात्र बनाउने प्रस्ताव गरेका थिए तर, उनी मन्त्री नै बन्ने लगभग पक्का भएको छ ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्