Logo
४ आश्विन २०८१, शुक्रबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुक र जनताको हितका लागि संविधान संशोधन गर्न सकिन्छ : नेता नेपाल

नेपालगञ्ज : नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश र जनताको हित हुन्छ भने कुनै पनि बेला संविधान संशोधन गर्न सकिने बताउनु भएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बाँकेले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उहाँले संविधान मुलुक र जनहितका लागि प्रयोग गर्ने कानूनी दस्तावेज भएकाले समयसापेक्ष यसको सुधार हुनुलाई अन्यथा लिनु हुँदैन भन्नुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले मुलुकमा अझै सामन्तवाद कायम रहेकाले यसको उन्मूलन गरेर मात्र विकास र समृद्धिको बाटो तय गर्न सकिन्छ भन्नुभयो । एमाले र माओवादी केन्द्रबीच भएको एकताको सम्पूर्ण अभ्यासलाई टुंगोमा पु¥याउनु अघि संगठनभित्रका विकृति, विसंगतिलाई मिल्काइने छ भन्नुभयो ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्