अपहरण मुद्दाका फरार सुनिल तामाङ पक्राउ
काठमाडौं : अपहरण मुद्दामा संलग्न रहेका एक ब्यत्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय प्रतिवादी सुनिल तामाङ रहेका छन् । तामाङलाई उनकै गाउँ सिन्धुपाल्चोकको ठूलो धादिङबाट पक्राउ गरेको हो ।
तामाङले २०६७ जेठ २७ गते जोरपाटी महाकालवारीका शिवबहादुर खड्कालाई अपहरण गरेका थिए ।
खड्काको जाहेरीमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०७० वैशाख ३१ गते तामाङलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । सीआईबीले उनलाई पक्राउ गरी जिला अदालत काठमाडौं पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि केन्द्रीय कारागार पठाएको छ ।
तामाङले खड्कालाई जग्गा बेचेर आएको कमिसनबापतको रकम नदिएको रिसमा जोरपाटी महाकालबारीस्थित सुवर्ण खड्काको घरमा बन्धक बनाएर राखेको सीआईबीले जनाएको छ । प्रहरीले खड्कालाई २०७४ जेठ ७ गते अपहरणमुक्त गरेको थियो ।