Logo
४ आश्विन २०८१, शुक्रबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाका सदस्यको नाम फिर्ता सम्बन्धि रिट निवेदनको सुनुवाइ

काठमाडौँ : राष्ट्रियसभाका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेर केपी ओली नेतृत्वको सरकारले नाम फिर्ता लिएका तीनजनाले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालनमा सुनुवाइ आईतबार हुँदै छ। राष्ट्रियसभामा सिफारिस गोपाल बस्नेत, चाँदनी जोशी र कृष्ण पौडेलले आफूहरुलाई नियुक्त गर्न माग गर्दै शुक्रबार दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशसमा पेशी तोकिएको छ।

देउवा सरकारले माघ २५ गते सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिएर ओली सरकारले फागुन ८ गते युवराज खतिवडा, विमला पौडेल र रामनारायण बिडारीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो।

देउवाले सिफारिस गरेकाको नाम दुई हप्तासम्म स्वीकृत नगरेकी राष्ट्रपति विद्यादेवि भण्डारीले ओलीले सिफारिस गरेका नाम आधा घन्टामै स्वीकृत गरेकी थिइन्। राष्ट्रपतिको यो कदम संवैधानिक नभएको जिकिर दायर रिटमा गरिएको छ। रिट निवेदनमा राष्ट्रपति र प्रधानमन्त्रीबीच संवैधानिक सम्बन्ध कायम गर्दै आफ्नो सिफारिस कार्यान्वयन गर्न माग गरिएको छ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्