Logo
३० कार्तिक २०८१, शुक्रबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरानालाई विस्थापित गर्ने सरकारको नीति : तर मुख्यमन्त्री नै २० वर्ष पुरानो गाडी चढ्दै

बिराटनगर : सरकारले दुई दशक पुराना सवारी साधन विस्थापित गर्ने नीति बनाएपनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई २० वर्ष पुरानो गाडी चढ्न बाध्य छन् । फागुन ३ गते मुख्यमन्त्रीको शप लगतै उनले को १ झ २३५ नम्बरको सरकारी सुविधाको गाडी पाएको हो । टोयटा ल्याण्डक्रुजर उक्त गाडी ३ लाख ७५ हजार किलोमिटर गुडिसकेको छ । यसअघि उक्त गाडी प्रधानमन्त्री, राष्ट्रपति, अन्य विशिष्ट ब्यक्ति आउँदा प्रयोग हुँदै आएको थियो ।

मर्मत गरेर कामचलाउ बनाएको दुइ दशक पुरानो गाडीमा मुख्यमन्त्रीको झन्डा लगाएको छ । गाडीको इन्जिन पुरानो भए पनि आवरण भने चिटिक्क बनाएको छ । अहिलेसम्म उक्त गाडीमा दर्जन बढी प्रधानमन्त्री र दुवै राष्ट्रपति सवार भैसकेका छन् । ‘पुरानो गाडी प्रयोग गर्नु बाध्यता हो । तत्काल नयाँ किन्न सकिने अवस्था छैन । भएको साधान मर्मत गरेर चढियो, दुई दशक पुरानो भनेर भर्खर थाहा पाएँ’ मुख्यमन्त्री राईले भने ।

प्रदेश १ मा सरकारी निकायका लागि थप ५० गाडीको आवश्यक हुने सरकारको अनुमान छ । २० वटा गाडी तत्काल उपलव्ध गराउने योजना भए पनि खरिद गर्न स्रोत नपुग्दा मुख्यमन्त्री र मन्त्रीले पुरानै सरकारी गाडी प्रयोग गर्न बाध्य भएका छन् ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्