Logo
२२ कार्तिक २०८१, बिहीबार
(February 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीबाट असहयोग भएको भन्दै प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको पत्र

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय कर्मचारीबाट आवश्यक सहयोग नपाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा पत्र लेखेका छन् । फोरम राजपा नेतृत्वको प्रादेशिक सरकारको मुख्यमन्त्री तथा मन्त्रिमण्डलको सुरक्षाको व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीले आवश्यक सहयोग नदिएको भन्दै पत्र लेखेका हुन् ।

मुख्यमन्त्री राउतले प्रादेशिक सरकारको काममा अवरोध हुनेगरी संघीय मन्त्रालयहरुबाट विभिन्न समयमा निर्देशन जारी हुने गरेको बताएका छन् । राउतले बिहीबार पत्र लेख्दै संघीयता कार्यान्यनका लागि केन्द्र र प्रदेश सरकाबीच समन्वय आवश्यक रहेका बताएका हुन् । पत्रमा राउतले दुई नम्बर प्रदेशको सुरक्षा संवेदनशीलतालाई बुझेर काम गर्न खोज्दा कर्मचारीहरुबाट असहयोग भएको कुरा उल्लेख गरेका छन् ।

‘प्रदेश नम्बर २ को आफ्नै सुरक्षा संवेदशीलता छ, यसबारे म प्रान्तीय सरकारको मुख्यमन्त्री र मेरा मन्त्रीमण्डलका साथीहरु वा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारिको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीहरुबाट आवश्यक सहयोग हामीले प्राप्त गर्न नसकेको अनुभूति भएको छ’, मुख्यमन्त्री राउतको पत्रमा भनिएको छ ।

त्यस्तै पत्रमा प्रान्तीय सरकारको कामलाई असर गर्नेगरी संघीय मन्त्रालयहरुबाट निर्देशन जारी हुने गरेको पनि पत्रमा उल्लेख गरेका छन् । प्रदेश सरकार बने पनि केन्द्रबाट खटाइएका कर्मचारी अहिलेसम्म प्रदेशमा नआएको र साधन स्रोतको अभाव रहेको भन्दै कर्मचारीका कारण प्रदेश सरकारका काम कारबाही प्रभावित भएको भन्दै आवश्यक सहयोग गरिदिन माग समेत पत्रमा गरिएको छ ।

फोरम राजपाको संयुक्त सरकारको नेतृत्व गर्दै राउत यही फागुन ३ गते दुई नम्बर प्रदेशको मुख्यमन्त्री बनेका हुन् । उनले एमाले माओवादीको समेत समर्थन पाउदै २ तिहाई बहुमत सावित गरिसकेका छन् ।

प्रकाशित मिति: Feb 24, 2018

प्रतिक्रिया दिनुहोस्