राहुल गान्धी मेरो नेता होईनन्, प्रियंका गान्धी राजनीतिमा सक्रिय हुनु उचित : हार्दिक पटेल
गुजरातका पाटिदार अनामत आन्दोलन समितिका प्रमुख हार्दिक पटेलले राहुल गान्धी आफ्नो नेता नभएको बताएका छन् । उनले भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीकि दिदि प्रियंका गान्धी राजनीतिमा सक्रिय हुनु उचित हुने पनि बताएका हुन् । उनले भने, व्यक्ति गत तवरमा म राहुल गान्धीलाई म पराउँछु तर मैले उनलाई मेरो नेताको रुपमा मानेको छैन किन भने उनि मेरो नेता होईनन् ।
आरक्षणको मुद्दाबाट गुजरातमा चर्चित बनेका पटेलले आगामी वर्ष हुने लोक सभा निर्वाचन प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । पटेलले कांग्रेसले सरकार बनाउन नसके पनि संसदमा प्रतिपक्षबाट गुजराती जनताको आवाज दृढताका साथ उठाईरहेको भन्दै खुसि व्यक्त गरेका छन् । पटेल समुदायले गुजरातको विधानसभा निर्वाचनमा कांग्रेसलाई सहयोग गरेको थियो । पटेल समुदायको सहयोगको बावजुद पनि १ सय ८२ सदस्सीय बिधान सभामा कांग्रेसले ७७ सिट मात्र जितेको थियो ।
२२ वर्ष देखि लगातार गुजरातमा सरकार चलाईरहेको भारतीय जनता पार्टीले गत वर्षको डिसेम्बर भएको निर्वाचनमा पुनः बहुमत ल्याई सरकार चलाईरहेको छ । (एजेन्सीको सहयोगमा)