Logo
४ आश्विन २०८१, शुक्रबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मदन भण्डारी र दरबार हत्याकाण्ड जस्तै फेरि अर्को रक्तपात गराउने कोशिश : प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा फेरि रक्तपात गराउने कोशिश भइरहेको बताएका छन् । ‘जनताको तागतले पराजित भए पनि देशका प्रतिक्रियावादीहरुले अन्तिम लडाइँ लड्न कोशिश गरिरहेका छन् । राणाकालको उदय या राजनीतिक परिवर्तनका क्रममा यस्ता घटना भएका छन्’, दाहालले भने, ‘वाम गठबन्धनले नेपालमा ६० प्रतिशत भन्दा धेरै मत ल्याएपछि प्रतिक्रियावादीबाट अन्तिम लडाइँका लागि दरबार हत्याकाण्ड र मदन भण्डारीको हत्या जस्तै हत्यासम्म हुन सक्छन् ।’

रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास (एक मार्क्सवादी दुष्टिकोण’ पुस्तक विमोचन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले नेपालमा वाम गठबन्धनले बहुमत ल्याएसँगै ठुला हत्याकाण्डको षड्यन्त्र भइरहेको बताएका हुन् ।वाम गठबन्धन र पार्टी एकताको कुराले देशमा ठुलो तरङ्ग पैदा गरेको बताउँदै दाहालले यो देशका लागि सबैभन्दा भन्दा सकारात्मक र ठुलो कुरा भएको पनि जिकिर गरे । ‘यस्तो बेलामा अनौठा समीकरण देखिन सक्छन् ।

संघर्षमा जनताको श्रमजीवीको जीत हुने अवस्था, समृद्धि र विकासतर्फ देश गयो भने अर्को कित्तालाई असह्य हुन सक्छ’, दाहालले थप खुलाए, ‘नेपालको इतिहास हेर्दा त्यस्ता बिन्दु आउँछन् र आएका छन् । माक्र्सवादी आन्दोलनका विचलन कहाँ छन् भनेर अर्को पक्षले लडाइँ लड्न खोज्छ । यो विषयमा गम्भीर र सकारमात्मक तथा रचानात्मकरुपमा सोच्न आग्रह गर्दछु ।’

वाम गठबन्धनले ६० प्रतिशत मत ल्याएपछि यसलाई रोक्ने र भत्काउने विकल्प राजा महाराजाहरुले खोजिरहेको पनि उनको जिकिर थियो । ‘राजा महाराजा तथा अलौकिक देवत्व प्राप्त गरेका व्यक्तिहरु यो गठबन्धन भत्काउन लागेका छन्’, दाहालले भने, ‘यसतर्फ हामी चनाखो हुनु जरुरी भइसकेको छ ।’

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्