Logo
१० मंसिर २०८१, सोमबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई महिनादेखि बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा

डोल्पा : सदरमुकाम दुनैस्थित कृषि विकास बैंकमा दुई महिनादेखि शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा परेका छन् । गत पुसमा शाखा प्रमुख रवि खत्रीको सरुवा भएका थिए ।

“दुई महिना भइसक्यो, आउने अत्तोपत्तो छैन”, निमित्त प्रमुख जीवराज बमले भने, “प्रबन्धक नहुँदा कर्जा लगानी रोकिएको छ, धितो मूल्याङ्कन पनि हुन सकेको छैन, कर्जा लिनका लागि दैनिक सातदेखि १० जनासम्म सेवाग्राही आउने गरेका छन्, सबैलाई हाकिम आएको छैन भनेर फर्काउने गरेको छु”, उनले भने, ।

त्रिपुरा सुन्दरी नगरपालिका–१ का हरिचन्द्र विष्टले पुसयता कर्जा लिन भन्दै छ पटक बैंक पुगेपनि काम हुन नसकेको बताए । डोल्पामा अहिलेसम्म रु आठ करोड ४१ लाख रकम लगानी गरिएको कृषि विकास बैंकले जनाएको छ ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्