गृहले मच्चायो माओवादीमा तहल्का, को बन्ला गृहमन्त्री ?
काठमाडौ : एमाले–माओवादीबीच मन्त्रालय भागबण्डाको कुरा मिलेसँगै माओवादी भित्र मन्त्री बन्न हानथाप सुरु भएको छ । विशेषतः गृहमन्त्रालय माओवादीले पाउने भएपछि मन्त्री बन्न सो पार्टीभित्र हानथाप सुरु भएको हो ।
माओवादीबाट गृहमा रामबहादुर थापा (बादल), वर्षमान पुन, जनार्दन शर्मासम्मले दाबी प्रस्तुत गरेका छन् । अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले नै गृहमन्त्रीको दाबी नछाडेपछि माओवादी भित्र तनाव सिर्जना भएको हो ।
थापालाई उपप्रधान तथा अन्य मन्त्रालय दिएर सरकारको नेतृत्व दिन नेता पुनले अध्यक्ष दाहाललाई सुरुमा दबाब बढाएका थिए ।
तर, प्रधानमन्त्री केपी ओली र दाहालबीच सकभर उपप्रधानमन्त्री नराखी मन्त्री बनाउने तयारीमा छलफल चलेपछि माओवादीभित्र गृह मन्त्री पठाउने बारे तनाव उत्पन्न भएको बुझिन्छ ।
माओवादीभित्र गृह कै कारण नेताहरूको आन्तरिक द्वन्द्व पनि बढेको बुझिन्छ । अब कसले पाउने छ गृहमन्त्री र कसरी मिलाइने छ यो पद त्यो भने हेर्न बाँकी छ ।