Logo
१३ मंसिर २०८१, बिहीबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बिहीबार बस्दै

काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा नयाँ सरकारले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिसलाई संशोधन गरी नयाँ नाम सिफारिस गरेको सम्बन्धमासमेत छलफल हुने बताईएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले मंगलबार सिफारिश गरेको निर्णयानुसार नै राष्ट्रियसभा सदस्यमा तीन जनालाई मनोनयन गरेकी थिईन् ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्