ओली–प्रचण्डबीचको ‘निर्णयक वार्ता’ व्यवसायीको घरमा सुरु
काठमाडौं : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको निर्णयक भनिएको वार्ता सुरु भएको छ ।
पार्टी एकता र सरकार सञ्चालनबारे सहमति जुटाउन भन्दै भक्तपुर स्थित एक व्यवसायीको घरमा दुई नेताहरुबीचको वार्ता सुरु भएको हो । वार्ता भैइरहेको घर प्रचण्ड नजिकका व्यवसायी दुर्गा प्रसाईँको भक्तपुरको पुरानो ठिमीस्थितमा छ ।
यसअघि ललितपुरस्थित शारदा अधिकारीको घरमा वान टु वान वार्ता गरेका ओली र प्रचण्डले आइतबारबाट घर फेरेका हुन् । अधिकारीको घर साँघुरो भएकाले फेरेको नेताका सहयोगिहरुले बताएका छन् ।
आइतबार ओली प्रचण्डबीच पार्टी एकता र सरकार सञ्चालनबारे निर्णयक छलफल हुने बताइएको छ ।