Logo
२२ कार्तिक २०८१, बिहीबार
(February 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली प्रधानमन्त्री भएलगत्तै नेपाल–भारत प्रबुद्ध समूहको बैठक काठमाडौंमा डकियो

काठमाडौं : मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा केपी ओली चयन भए लगत्तै नेपाल–भारत प्रबुद्ध समूहको आउँदो बैठक काठमाडौंमा डाकिएको छ ।

नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको आउँदो बैठक काठमाडौंमा डाकिएको हो ।

बैठक यहि फागुन ११ र १२ गते काठमाडौंमा बस्ने छ । दुई देशमा आलोपालो गरी बैठक बस्ने चलन अनुसार यसपटकको बैठक नेपालमा बस्न लागेको छ । यसअघि गएको जनवरीमा भारतको नयाँ दिल्लीमा बैठक भएको थियो ।

काठमाडौंमा हुने यसपटकको बैठकमा यसअघिका बैठकमा भएका मौखिक र लिखित छलफलका आधारमा तयार पारिएको मस्यौदा आदान–प्रदान हुने स्रोतले जानकारी दिएको छ ।

प्रबुद्ध समूहमा नेपालको नेतृत्व पूर्व मन्त्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापाले गर्नेछन् भने भारतीय समूहको नेतृत्व भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले गर्दै छन् ।

गएको पुस २६ र २७ गते नयाँ दिल्लीमा भएको बैठकमा नेपाल–भारतबिच भएका पुराना सन्धि सम्भौताको पुनरावलोकन गर्ने विषयमा छलफल भएको थियो ।

ओलीको आगमनपछि काठमाडौंमा बस्ने लागेको उक्त बैठकलाई विशेषका रुपमा हेरिएको छ ।

प्रकाशित मिति: Feb 18, 2018

प्रतिक्रिया दिनुहोस्