रिक्सा तथा ठेलालाई व्यवस्थित गर्न जोड
काठमाडौं : पूर्व रक्षामन्त्री एवं कांग्रेस नेता भिमसेनदास प्रधानले रिक्सा तथा ठेलालाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल रिक्सा तथा ठेला श्रमिक संघको चौथों काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले महानगर/नगरभित्र रहेका सबै रिक्साहरुलाई सरकारी मातहतमा दर्ता गरी सके लाखौँ राजस्व उठ्नेमा जोड दिए । प्रधानले रिक्सा तथा ठेला श्रमिकहरुको हकहितको पक्षमा आफू सदैव रहेको बताउँदै श्रमिकहरुले निर्वाध रुपमा काम गरेर खान पाउने वातावरणको सिर्जना हुनुपर्नेमा जोड समेत दिए ।
रिक्सा चालकहरुमा अनुशासन खाँचो रहेको बताउँदै यसमा ध्यान दिन उनले आग्रह गरे । यस्तै, नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष खिलनाथ दाहालले देशभर रहेका रिक्सालाई व्यवस्थित गर्न सरकार उदाशिन भएको भन्दै सरकारको आलोचना गरेका थिए । दाहालले रिक्सा चालकको बीमा, सामाजिक सुरक्षाको व्यवस्था राज्यले गर्न जरुरी रहेको बताए ।
उनले कुनै चालक बिरामी एवं मृत्यु भएमा आफ्नो युनियनले समाजिक सुरक्षा कोषबाट सो को परिवारलाई राहात दिर्दै आएको बताए । यस्तै, तीन नम्बर प्रदेश प्रमुख विनोद कार्की, नेपाली कांग्रेस ६ नम्बर क्षेत्रीय सभापती श्याम खड्गी, नेपाल रिक्सा ठेला श्रमिक संघका केन्द्रिय उपाध्यक्ष एवं तीन नम्बर प्रदेश संयोजक खिलनाथ बस्नेत, रिक्सा ठेला श्रमिक संघका केन्द्रीय कोषाध्यक्ष रेशा मानन्धर, व्यापार श्रमिक संघका केन्द्रीय महासचिव सन्तोष गिरी, ट्रेड युनियन कांग्रेस काठमाडौं जिल्ला अध्यक्ष गणेष भट्टराई, टोखा नगर समितिका अध्यक्ष जंगबहादुर लामा, राजु पौडेलले रिक्सा श्रमिकहरुको अधिकार सुनिश्चित गर्न राज्य लाचार बनेको भन्दै यसलाई व्यवस्थित गर्न तत्काल राज्यले थाल्नुपर्नेमा जोड दिए ।
यता, आज सम्पन्न अधिवेशनले ज्ञानु राउतको अध्यक्षतामा सात जना सदस्य रहेको काठमाडौं जिल्ला कार्य समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा ताराबहादुर तामाङ, भक्तबहादुर कार्की सचिव, गणेषबहादुर बस्नेत सहसचिव, पितम्बर खतिबडा कोषाध्यक्षमा सर्बसम्मत चयन गरेको छ । यस्तै, कार्यसमिति सदस्यमा कृष्णबहादुर थापा र पूर्णबहादुर थापा मगरलाई चयन गरिएको छ ।