Logo
३ आश्विन २०८१, बिहीबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ४ का मुख्यमन्त्रीले लिए शपथ, त्यहाँ पनि माओवादीले मन्त्री पठाएन

काठमाडौं : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । तर त्यहाँपनि सक्ता सहयात्री माओवादीले मन्त्री पठाएका छैनन् ।  शुक्रबार बिहान आयोजित एक समारोहका बीच उनलाई प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् । प्रदेश ४ का एमाले संसदीय दलका नेता गुरुङ गत माघ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री गुरुङले बुधबार नै शपथ ग्रहण गर्ने कार्यक्रम थियो । तर काकी रतनकुमारी गुरुङको मंगलबार निधन भएपछि उनले अाज शपथ लिएका हुन् ।

शपथलगत्तै गुरुङले दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री गुरुङको सिफारिसमा एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका हुन् । उनले शपथ समेत लिइसकेका छन् । मुख्यमन्त्री गुरुङले उनलाई शपथ गराएका हुन् । बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हुन् । यसअघि प्रधानमन्त्रीको केपि शर्मा ओलीको मन्त्रिपरिषदमा पनि माओवादीले मन्त्री पठाएका थिएनन् ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्