Logo
३ आश्विन २०८१, बिहीबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने ओली मन्त्रिपरिषदको निर्णय

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ । बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा प्राविधिक/व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले जानकारी दिनुभयो ।

बैठकले नेपालको संविधानबमोजिम संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक कार्यभार सफलतापूर्वक पूरा गरेकामा निर्वाचन आयोग, निजामती तथा सुरक्षा निकायका राष्ट्रसेवक एवं प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने मतदाता र नागरिकप्रति पनि आभार व्यक्त गरेको मन्त्री थापाले बताउनुभयो ।

मन्त्रिपरिषद्को पहिलो बैठकले नेपालमा लोकतन्त्र स्थापना गर्न भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्तसम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषदको पहिलो बैठक ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषदको पहिलो बैठक ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहीबार स्वागत गर्दै प्रतिष्ठानका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार कीर्तिपुरस्थित चम्पादेवीमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलालको प्रतिमास्थलमा माल्यार्पण र श्रद्धाञ्जलि अर्पणपछि सामूहिक तस्बिर खिचाउँदै । साथमा प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाललगायत ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित चम्पादेवीमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापन स्व. पुष्पलालको प्रतिमास्थलमा माल्यार्पण र श्रद्धाञ्जलि अर्पण पछि साथमा प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाललगायत ।

तस्बिरहरु : रासस

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्