मन्त्रिपरिषद्को बैठकपछि बिहिबार देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौँ : बुधवार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलिपल्ट बिहीबार बिहान ९ बजे बस्ने भएको छ । उक्त बैठकपछि प्रधानमन्त्री देउवाले राजिनामा दिने बुझिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधवार साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए ।