Logo
१० मंसिर २०८१, सोमबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्यालेनटाइनस डेमा साढे २ करोड गुलाबको व्यवसाय

भ्यालेनटाइनस डे अवसरमा नेपाली बजारमा २ करोड ५० लाख रुपैयाँको गुलाबको फूलको व्यवसाय हुने अनुमान गरिएको छ । आन्तरिक उत्पादन तथा भारतबाट आयातसमेत गरी उक्त रकमबराबरको रातो गुलाबको व्यवसाय हुने फ्लोरिकल्चर एशोसिएशन नेपालले जानकारी दिएको हो ।गतवर्षको प्रणय दिवसको अवसरमा रू २ करोडबराबरको गुलाबको फूलको कारोबार भएको थियो । यस वर्ष उक्त कारोबार २५ प्रतिशत बढ्ने अनुमान गरिएको एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताएका छन् ।

पछिल्लो समय नेपाली समाजमा पश्चिमी संस्कृतिको प्रभाव बढ्दो छ । सोही प्रभावसँगै विभिन्न पर्वसँग सम्बन्धित वस्तुको बजार पनि बढ्दो क्रममा देखिएको छ । विशेषगरी नयाँ पुस्ता पश्चिमी संस्कृतिको प्रभावमा बढी परेको देखिन्छ ।यस दिन आफूले माया गर्ने मान्छेलाई प्रेमको प्रतीक मानिने रातो गुलाबको फूल तथा विभिन्न उपहार दिएर आफ्नो प्रेम दर्शाउने प्रचलन छ ।

फेब्रुअरी १४ नजिकिँदै गर्दा बजारमा रातो गुलाबको माग पनि उच्च गतिमा बढ्न थालेकोले यस दिन आफूले माया गर्ने मान्छेलाई प्रेमको प्रतीक मानिने रातो गुलाबको फूल तथा विभिन्न उपहार दिएर आफ्नो प्रेम दर्शाउने प्रचलन छ । एशोसिएशनले जानकारी दिएको हो ।
स्वदेशी उत्पादन तथा भारतबाट आयातसमेत गरी उक्त दिन २ लाख २० हजार स्टीक गुलाबको माग हुने अध्यक्ष श्रेष्ठ बताउँछन् । उनका अनुसार सो पर्वलाई ध्यानमा राखेर भारतबाट मात्रै १ लाख ७० हजार स्टीक रातो गुलाब आयात गरिएको छ । बाँकी ५० हजार स्टीक गुलाब भने स्वदेशमै उत्पादन भएको उनले बताए ।

भारतमै यस वर्ष गुलाबको फूल महँगो भएकाले नेपाली बजारमा समेत महँगोमा विक्री गर्नु आफूहरूको बाध्यता रहेको श्रेष्ठको भनाइ छ । यस वर्षप्रति स्टीक गुलाबको मूल्य न्यूनतम रू १ सय पर्ने बताइएको छ । गत वर्ष प्रतिस्टीक गुलाबको फूलको मूल्य न्यूनतम रू ४० देखि अधिकतम रू १ सयसम्म थियो । स्वदेशी उत्पादनले बजार माग पूरा गर्न नसकिएपछि हरेक वर्ष भारतलगायत देशबाट फूलको आयात गर्नुपर्ने बाध्यता रहेको एशोसिएशनले बताए ।

एशोसिएशनका अनुसार नेपालमा वार्षिक १० करोड रुपैयाँबराबरको विभिन्न प्रजातिका पूmल आयात हुने गरेका छन् । साथै हरेक वर्ष १० देखि १५ प्रतिशतका दरले फूलको उत्पादन बढे पनि बजारको कुल मागको १५ देखि २० प्रतिशत फूल भने विदेशबाट नै आउने गरेको छ । नेपालमा फूलको बजार मौसमी भएका कारण पनि व्यवसायीहरू पर्याप्त उत्पादन गर्न डराउने एशोसिएशनका एक अधिकारीले बताए ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्