Logo
२२ कार्तिक २०८१, बिहीबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकतामा विचार र संगठनका राँटा मिलाउन बाँकी छ : ईश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादीसँगको पार्टी एकता विचार, सिद्धान्त र संगठात्मक संरचनाका राँटा मिलाउने चरणमा रहेको बताएका छन् ।  एमाले सम्बद्ध निर्माण व्यवसायी संगठनको काठमाडौंमा जारी महाधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले भने ‘संगठनात्मक मामिलामा साझा फुटिङ गर्नुछ । संगठनात्मक एकताको सन्दर्भमा पनि साझा धारणा बनाउन बाँकी छ । दुवै पार्टी तलदेखि माथिसम्म भोलि एकीकृत ढंगले कुन विचार र संगठनात्मक ढाँचामा निर्देशित हुन्छौं भन्ने कुरामा केही राँटा छन् । ती मिलाउने क्रममा अहिले हामी छौं ।’

पार्टी एकता संयोजन समिति सदस्य समेत रहेका महासचिव पोखरेलले सिद्धान्त र संगठनका राँटा (नमिलेका कुरा) नसम्याई मिलौं मिलौं भनेरमात्र नहुने बताएका छन् । पोखरेलले माओवादी केन्द्रको ४ हजार सदस्यीय केन्द्रीय कमिटी र एमालेको २ सय सदस्यीय केन्द्र कमिटी रहेको भन्दै संगठनको एकीकरण कसरी गर्ने भन्नेमा छलफल चलिरहेको बताए । उनले पार्टीको संगठन भनेको एउटा डालोबाट अर्को डालोमा सामान खन्याए जस्तो नहुने प्रष्ट पारे ।

पोखरेलले भने ‘एमाले एउटा संरचनामा खडा भएको पार्टी हो । यो पार्टीबाट बेला बेलामा ठूलै नेताहरु बाहिरिदा पनि संगठन टसमस नहुने कारण नै यसको व्यवस्थित संरचना हो । यो संरचनामा र माओवादीको संरचनाबीच रहेका राँटा मिलाउने काम बाँकी छ । यत्तिकै मिलौं मिलौं भनेरमात्र हुँदैन ।’ पार्टी एकता पहिले कि सरकार गठन पहिले भन्ने विवाद औचित्यहीन रहेको पोखरेलले बताए ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्