प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यद्धारा आगलागीपीडितलाई राहत वितरण
हुम्ला : सर्केगाड गाउँपालिकाअन्तर्गत रोडीकोट –७ मा माघ १४ गते भएको आगलागीका पीडितलाई प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा तथा प्रदेशसभा सदस्य दलबहादुर रावल र जीवनबहादुर शाहीको टोलीले राहत वितरण गरेका छन् ।
आगलागीपीडितलाई ज्याकेट, टिसर्ट, ट्राउजर र कम्बल १००–१०० थान, गलैँचा ३० थान, त्रिपाल २० थान, चामल १२ बोरालगायत राहत सामग्री दिइएको वडाअध्यक्ष कृष्णबहादुर जैसीले जानकारी दिएका छन् ।