Logo
१० मंसिर २०८१, सोमबार
(February 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ को सरकारका लागि वाम गठबन्धनले दावी पेश गर्दै

बुटवल : प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेललाई नियुक्त गर्न वाम गठबन्धनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने भएको छ । एमाले र माओवादीले बहमुत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गर्न लागेका हुन् । एमाले र माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भएको थियो र पोखरेल एमाले संसदीय दलका नेता भइसकेका छन् ।

प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश सचिव शंकर पाठकसहित मुख्यमन्त्रीका उम्मेदवार शंकर पोखरेल, एमाले उपमहासचिव विष्णु पौडेल लगायतले आइतबार नै सपथ ग्रहण स्थान छनोटका लागि अनुगमन समेत गरेका छन् । प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गरेपछि प्रदेश प्रमुखल नियुक्त गर्नु पर्नेछ । ढिलोमा भोलिसम्म मुख्यमन्त्री नियुक्ति हुने बताइएको छ ।

प्रकाशित मिति: Feb 11, 2018

प्रतिक्रिया दिनुहोस्