Logo
३ आश्विन २०८१, बिहीबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिभावक नभएको बेला घरमा आगलागी हुँदा ३ बालिकाको मृत्यु

रसुवा : नौ कुण्ड गाउँपालिका-५ सिस्नेरीमा रहेको वीरबहादुर मोक्तानको घरमा आगलागी हुँदा जलेर ३ बालिकाको मृत्यु भएको छ । घटना शनिबार दिउँसो करिब सवा ३ बजे भएको हो । घरमा अभिभावक नभएको बेला आगलागी भएको हो । बालबालिकाले लाइटर बाल्ने क्रममा आगलागी हुन पुगेको प्रहरी अनुमान छ ।

मृत्यु हुनेमा मोक्तानका दुई छोरी ७ वर्षीया रिफुला, ३ वर्षीया मंगलीमाया र छिमेकी धनबहादुर मोक्तानका ६ वर्षकी छोरी अस्मिता मोक्तान रहेका जिल्ला प्रहरीक कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक शरद थापा क्षत्रीले बताए ।

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्