प्रदेश ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध
कैलाली : प्रदेश ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि वाम गठबन्धनका थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
६२ वर्षीय थापा बझाङ १ क बाट प्रदेशसभा सांदसमा विजयी भएका थिए । २०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा २०५६ को आमचुनावमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।
थापाको प्रस्तावकमा दीर्घ सोडारी चता समर्थकमा त्रिलोचन भट्ट छन् । थापाले दलहरुको भावना बुझेर अगाडि बढ्ने बताए ।