Logo
१० मंसिर २०८१, सोमबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंचाइ सचिव यादवको शव भेटियो, छोरा सन्तोष समेत २ जना वेपत्ता

काठमाडौं : त्रिशुली नदीमा गाडी खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवको मृत्यु भएको छ । उनको शव पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटमामा भेटिएकाे छ तर अहिलेपनि २ जना वेपत्ता छन् ।

कपिलवस्तुस्थित बहादुरगंज घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा सचिब यादवकाे शव मृत्यु अावस्थामा भेटिएकाे तथा उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

चालक घाइते छन् । उनी दुर्घटनास्थलबाट आफै बाहिर आएपछि प्रहरीहरुले उद्धार गरेका थिए । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रजिअ भण्डारीले जानकारी दिए ।

जिप भने १५ मिटर गहिराइमा चितवन कुरिनटारबाट आएको गोताखोरले पत्ता लगाएका हुन् । कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्किदै थिए ।

बिहान पौने ३ बजे उक्त सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो ।

दुर्घटना पछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीयले पुल मुनिबाट उद्दर गरेका थिए । जिप सडक छेउका २ वटा प्याराफिट भत्काएर खसेको थियो।

चालकले उक्त जिप सचिव यादवले नै चलाएका प्रारम्भिक बयान दिएका छन् ।

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्