Logo
२२ कार्तिक २०८१, बिहीबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिशुलीमा वेपत्ता सिँचाइ सचिव यादवको शव फेला

धादिङ : त्रिशुली नदीमा खसेर वेपत्ता सिँचाइ सचिव रामानन्द यादवलाई मृतावस्थामा फेला पारिएको छ । यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशुली नदीमा खसेको थियो ।

सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो । बेपत्ता भएका उनका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन् । जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिए ।

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए । घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्