Logo
१० मंसिर २०८१, सोमबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरीको बिहेको कुरो छिनेर फर्किदै गरेका सचिव यादव, जीप भने फेला पार्‍यो

धादिङ : सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुलीमा खस्दा ३ जना बेपत्ता भएका छन् ।
जिप भने १५ मिटर गहिराइमा चितवन कुरिनटारबाट आएको गोताखोरले पत्ता लगाएका छन् ।

कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्केका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि थिए । अर्की एक जना किशोरीको नाम खुल्न सकेको छैन ।

बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो। जिप खसेको स्थान निकै गहिरो छ । नदी धमिलो भएको कारण उद्दार मा कठिनाइ भएको प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले बताए ।

घाइते भएका चालक निरन्जन यादवलाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

दुर्घटना पछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीयले पुल मुनिबाट उद्दर गरेका थिए । जिप सडक छेउका २ वटा प्याराफिट भत्काएर खसेको थियो।

चालकले उक्त जिप सचिव यादवले नै चलाएका प्रारम्भिक बयान दिएका छन् । उनलाई उपचारका लागी काठमाडौं लगिएको छ ।

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्