Logo
३ आश्विन २०८१, बिहीबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सचिव यादव चढेकाे जिप त्रिशुलीमा बेपत्ता, चालक सकुशल

काठमाडौंं :  सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेकाे जिप धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव  यादवसहित तीनजना बेपत्ता भएका छन् ।

बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउने क्रममा शनिबार बिहान धादिङको बेनीघाट रोलाङ गाउँपालिका-३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

हराइरहेका तीनजना मध्य सचिव यादका छाेरा संजय यादव र परिचय खुल्न नसकेकाे एकजना किशाेरी रहेकाे घाइते चालकले जानकारी दिएकाे गजुरी प्रहरीले जनाएकाे छ ।

जिपमा अरु को/को थिए भन्ने खुलिसकेको छैन । घाइते अवस्थामा रहेका चालक निराजन यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । यादव आफु हाम फालेर निस्केको तर अरुहरु सुतिरहेकाले निस्कन नसकेको बताएकाछन् ।

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्