Logo
३ आश्विन २०८१, बिहीबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को मुख्यमन्त्री शेरधन राई बन्ने निश्‍चित

बिराटनगर : प्रदेश नम्बर एकको एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । विराटनगरको जिल्ला समन्वय समितिको भवनमा भएको मतदानमा राईले २६ मत ल्याएर विजयी भएका हुन् । यो सँगै राई प्रदेश नम्बर एकको मुख्‍यमन्त्री बन्‍ने निश्‍चित भएको छ। राईका प्रतिद्वन्द्वी भीम आचार्यले २४ मत ल्‍याए भने एक मत बदर भएको थियो ।

पहिलो नम्बर उम्मेदवारी दर्ता गराएका राईका प्रस्तावकमा सुनसरीका जगदीश कुशैयत र समर्थकमा झापाका हिक्मत कार्की थिए । यस्तै दोश्रो नम्बरमा उम्‍मेदवारी दर्ता गराएका भीम आचार्यको प्रस्तावकमा संखुवासभाका तुलसी न्यौपाने र समर्थकमा पांचथरका गणेश काम्बाङ थिए। प्रदेश सभासदस्यमा एमालेको कुल ५१ सभासदस्य छन् ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्