Logo
३ आश्विन २०८१, बिहीबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेपाल र निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ : प्रदेश सभाको समानुपातिक सीटलाई समावेशीका माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता रामप्रवेश वैठाले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । राजपा नेपालल बुझाएको समानुपातिक सूची समावेशी समूहका आधामा नगरेको आरोप रिटमा लगाइएको छ । समावेशी समूह तथा क्रमंँख्याका आधारमा समानुपातिक उम्मदवारको सूची बुझाउने पर्ने निर्वाचन आयोगको नियमावलीमा उल्लेख छ ।

वैठाले हिजो विहिवार दायरेका रीटमा उनले राजपा नेपाल, निर्वाचन आयोग, दुई नम्बरको प्रदेश प्रमुख, दुई नम्बर प्रदेश प्रमुखका सचिवालय, राजपा नेपालका प्रदेश सभा समानुपातिक सदस्य नेत्रविक्रम साह, प्रधानमन्त्री तथा मन्त्रीपरिषदका कार्यालयलाई विपक्षी बनाएका छ ।

नेपालको सविधानको धाा ४२ (१) धारा ४० (७) ले उल्लेख गरेको समानुपातिकको सिद्धान्त र सविधानको मुल मर्म र भावना विपरित तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ को अनुसुची १६ को समेतको विपरित दलित र मुस्लिम समुदायको प्रतिनिधित्व विना नै राजपा नेपालले माघ २ गते आयोगमा पेस गरेको समानुपातिक सूची समावेशी र समानुपातिक हित विपरित रहेका दावी वैठाका रहेको छ ।

राजपा नेपालल आयोगमा बुझाएको समानुपातिक सुची समावेशी समूह अनुसार थिएन । क्रमसंख्या अनुसार मात्र थियो । तर राजपा नेपालले आयोगमा सूची बुझाउँदा दलित र मुस्लिमलाई समेत समावेश गरी समानुपातिक सदस्यका नाम बुझाउँदा आयोगले स्वीकार गरेको थिएन ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्