Logo
३ आश्विन २०८१, बिहीबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ३ सरकारको मुख्यमन्त्री डोरमणि पौडेल हुने, नेतामा निर्वाचित

काठमाडौं : एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससँगै पौडेल नै प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ ।  संसदीय दलको नेता चुन्न एमालेले शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए ।

प्रदेश ३ मा एमालेका ५८ सांसद छन् । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् ।

दलको नेता चयन भएपछि पौडेलले लोकतान्त्रिक पद्धति अनुसार चुनाव भएकाले यसलाई सहज रुपमा लिनु पर्ने बताए । प्रदेश ३ भावी मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताए ।

 

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्