मुख्यमन्त्रीका लागि रस्साकस्सी : एमाले संसदीय दलको नेता छान्न चुनाव
काठमाडौं : प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेताका लागि भीम आचार्य र शेरधन राईबिच प्रतिस्पर्धा हुनेभएको छ । सहमति हुन नसकेपछि दुवै प्रदेशमा संसदीय दलको नेताका लागि चुनाव हुन लागेको हो । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भएकाले आकांक्षी धेरै हुँदा सहमति जुट्न नसकेको हो ।
यस्तै चुनाव नै हुने भए जीवन घिमिरेले पनि उम्मेदवारी दिने बताएका छन् । प्रदेश नम्बर १ मा एमालेका ५१ प्रदेशसभा सदस्य रहेका छन् । चुनाव दिउँसो हुनेछ । मुख्यमन्त्री एवं संसदीय दलको नेता सहमतिमा छनौट गर्न नसकेपछि चुनाव गर्ने भएको हो ।
यस्तै ३ नम्बर प्रदेशमा पनि संसदीय दलको नेता छान्नका लागि शुक्रबार चुनाव हुँदैछ । केन्द्रले प्रदेशबाटै संसदीय दलको नेता तय गर्न अधिकार दिए पनि सहमित नजुटेपछि शुक्रबार काठमाडौंमा चुनाव हुने भएको हो । एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन ३० जना सांसदको समर्थन चाहिन्छ ।