Logo
३ आश्विन २०८१, बिहीबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दरबारमार्ग बलात्कार घटनाको प्रतिवेदन : ‘अपराध छिपाउने प्रहरी प्रयास’

काठमाडौँ : दरबारमार्गस्थित एक होटलमा यही माघ ७ गते भएको सामूहिक बलात्कारको घटनाका सम्बन्धमा प्रहरीद्वारा गठित छानबिन समितिले घटनामा प्रहरीको समेत कमजोरी देखिएको प्रतिवेदन तयार पारेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले परिसरमा  बुझाएको प्रतिवेदनमा महानगरीय प्रहरी वृत्तका अधिकारीहरु पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराएर अपराध लुकाउने र छिपाउने काममा संलग्नता देखिएको जनाएको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई कार्यालय प्रमुखबाट हटाइएको तथा प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी तीनै जनालाई ‘उपर हदैया’सम्मको कडाभन्दा कडा कारवाहीको सिफारिससमेत भएको र मुद्दा अनुसन्धानका क्रममा निजहरुले फौजदारी दायित्व वहन गर्नुपर्ने देखिएमा प्रचलित कानूनबमोजिम कारवाहीसमेत अगाडि बढाइने परिसरले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनामा परिसरबाटै पीडितको जाहेरी दरखास्त लिई घटनामा संलग्न भनी किटान भएका अभियुक्त शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलको खोजी जारी रहेको परिसरले जनाएको छ । (रासस)

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्