Logo
३ आश्विन २०८१, बिहीबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मारवाडी समुदायका मोतिलाल दुगड मधेशी कोटाबाट एमालेको सांसद बन्दै

काठमाडौं : मारवाडी समुदायका बिराटनगर केन्द्रित ब्यपारी मोतिलाल दुगड नेकपा एमालेबाट सांसद बन्ने भएका छन् । उनी यसअघि नेपाली कांग्रेस निकट थिए तर अर्का ब्यपारी बिनोद चौधरी कांग्रेसमा आएपछि उनी एमालेमा गएका थिए । एमालेको समानुपातिक सुचि अन्तरगत मधेसी कोटाको एक नम्बरमा रहेका मोतीलाल दुगडको नाम एमालेले अर्का उम्मेदवारको नाम हटाएर उक्त स्थानमा सिफारिस गरेको हो ।

एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ पठाएका दुई महिलाको नाम हटाउँदै दुगड र विजय सुब्बाको नाम सिफारिस गरेको हो । एमालेले महिलाको नाम काटेर दुई पुरुषको नाम निर्वाचन आयोगमा पठाएको हो । खर्स आर्य कोटाकी शर्मिला कार्की र आदिवासी जनजाति कोटाकी रणकुमारी बलमपाकी मगरको नाम काटिएको छ । कार्की र मगरको सट्टामा आदिवासी जनजातिको एक नम्बर सूचीमा रहेका सुब्बा र मधेसी कोटाको एक नम्बरमा रहेका दुगडको नाम समेटिएको छ ।

यसअघि एमालेले दुई जना पुरुष र ३९ महिलाको नाम निर्वाचन आयोगमा पठाइसकेको थियो । राष्ट्रिय सभाको निर्वाचनपछि चार पुरुषलाई समानुपातिकबाट सांसद बनाउन सक्ने अवस्था आएपछि एमाले दुई महिलाको नाम काटेर पुरुषको नाम राखेको हो । समानुपातिकतर्फ एमालेले ४१ सिट पाउने अवस्था छ । यसअघि प्रतिनिधि सभाको समानुपातिक तर्फ खसआर्यको एक नम्बरको सूचीमा रहेका मुकुन्द न्यौपाने र पिछडिएको क्षेत्रबाट मोहन बानियाँसहित ३९ महिलाको नाम एमालेले पठाएका थियो ।

एमालेले प्रत्यक्षतर्फ ८० र राष्ट्रिय सभामा २७ सिट जितेको छ । समानुपातिकमा ४१ सिट पाएपछि एमालेको संघीय संसदमा १४८ सिट हुन्छ । राष्ट्रिय सभामा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्