Logo
१० मंसिर २०८१, सोमबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र द्वन्दका क्रममा ज्यान गुमाउएका सबै शहीद 

काठमाडौँ : सरकारले गत सोमबार दशवर्षे सशस्त्र विद्रोहमा क्रममा मारिएका सरकारी कर्मचारीलाई शहीद घाेषणा गर्ने नीतिगत निर्णय गरैसँगै द्वन्द्वकालमा ज्यान गुमाउने अधिकांश व्यक्तिहरू शहीद हुने भएका छन् । पुष्पकमल दाहाल र बाबुराम भट्टराई नेतृत्वको सरकारले विभिन्न समयमा मारिएका करिब सात हजार माओवादी कार्यकर्तालाई शहीद घोषणा गरेको थियो ।

सरकारको नीतिगत निर्णय सँगै माओवादीद्वारा मारिएका नेपाली सेना लगायतका सुरक्षा निकाय, शिक्षक, निजामती कर्मचारी शहीदको श्रेणीमा सामेल हुनेछन् । यसैगरी माधवकुमार नेपाल नेतृत्वको सरकारले पनि माओवादीबाट मारिएका विभिन्न व्यक्तिलाई शहीद घोषणा गरेको थियो ।

द्वन्दका क्रममा मारिएका सरकारी कर्मचारीलाई शहीद घोषणा गर्ने विषय सञ्चारमाध्यमबाट सुनिए पनि आधिकारिक पत्र भने नपाएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडी बताउँछन् । सरकारपिच्छे सहिद घोषणा गर्ने ट्रेण्डले सरकारसँग नै शहीदको तथ्यांक नभएको गृहस्रोतको भनाई छ । गृह मन्त्रालयले शहीदको तथ्यांक एकीकृत गर्ने काम गरिरहेको दवाडी  बताउँछन् ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्