Logo
३ आश्विन २०८१, बिहीबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहोर्‍याउनु राम्रो हुँदैन : नेता खनाल

काठमाडौं : एमालेबाट राष्ट्रपतिको उम्मेदावरका रुपमा चर्चामा रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति जस्तो गरिमामय पदमा कसैलाई पनि दोहोर्‍याउनु नहुने र ठूला पदमा व्यक्ति गरिमा घटने बताए ।

राष्ट्रपति र उपराष्ट्रपतिमा विद्या र नन्दबहादुर पुनलाई नै दोहोर्‍याउने चर्चा चलिरहेको बेला आएको खनालको भनाइले राजनीतिक बृत्तमा महत्व राख्छ, किनभने उनी आफैपनि राष्ट्रपतिका आकांक्षी हुन् ।

कुनै पनि पद मागेर नलिने आफ्नो पुरानो अडानलाई कायम राख्दै खनालले पार्टीले जिम्मेवारी दिए पछाडि नहट्ने बताए ।

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्