Logo
३ आश्विन २०८१, बिहीबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं १ को प्रदेशसभाको पहिलो बैठक सम्पन्न

विराटनगर : प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरमा आज प्रदेशसभाको पहिलो बैठक बस्यो । बैठकको अध्यक्षता गर्नुभएका जेष्ठ सांसद ओम प्रकाश सरावगीले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङद्वारा प्रदेशसभा बैठक आह्वान गरिएको पत्र पढेर सुनाउनुभएपछि राजनीतिक दलका प्रतिनिधिहरुको बोल्ने क्रम शुरु भयो ।

बैठकमा ६ दलका एक–एक प्रदेशसभा सदस्य र एक स्वतन्त्र सदस्यले आ–आफ्ना धारणा राख्नुभएको थियो । प्रदेशसभाको कार्य सञ्चालनका लागि नियमावली नबनेसम्मका लागि तयार पारिएको अन्तरिम कार्यविधि २०७४ लाई बैठकले पारित ग¥यो । सभामुखको अनुपस्थितिमा प्रदेशसभा बैठक सञ्चालन गर्न गणेश तामाङ, प्रतापप्रकाश हाङगाम, राम कुमार राई, राधा थापा र विष्णु तुम्बाहाम्फेलाई तोक्ने काम भयो ।

बैठकको प्रारम्भमा ज्ञात अज्ञात शहीदको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । प्रदेशसभाको अर्को बैठक माघ २९ गते सोमबार दिनको एक बजे बस्नेछ । सोही दिन सभामुखको निर्वाचन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्