Logo
३ आश्विन २०८१, बिहीबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोमा परी २ को मृत्यु , १ घाइते

अछाम : मेल्लेख गाउँपालिका–१ रिसिदह बस्ने ४० वर्षीय मनसिंह धामी र सोही ठाउँ बस्ने ४० वर्षीय हरिदेव धामीको पहिरोमा परेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने नन्द विष्टको घर छाउने ढुंगा निकाल्ने क्रममा आइतबार माथिबाट पहिरो आई पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा परेर नन्द विष्टसमेत घाइते भएकाले उपचारका लागि स्थानीय बयलपाटा अस्पतालमा पठाइएको छ ।

सो घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्