Logo
३ आश्विन २०८१, बिहीबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले र माआवादी बीच पार्टी एकता हुँदैन : जबरा

भक्तपुर : भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले संविधान अनुसार दुई वर्षसम्म वाम गठबन्धनले ओलीको नेतृत्वमा सरकार सञ्चालन हुने निश्चित रहेता पनि एमाले र माओवादीबीच पार्टी एकता वा एकीकरण हुन नसक्ने बताए  ।

नेपाल संघीयतामा प्रवेश गरेता पनि प्रान्तीय सरकारको आर्थिक भार कसरी धान्ने भन्ने कुनै योजना बिनै अगाडि बढेकाले यसले थप समस्या निम्ताउने बताउँदै उनले प्रान्तको आर्थिक पक्षकोबारे योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।

सरकाले स्थानीय तहको घोषणा हचुवाको भरमा गरेकाले काम गर्न नसकिरहेको भन्दै उनले दिर्घकालीन सोच र ठोस योजना अनुसार अघि बढ्न नसके आर्थिक अस्थिरता निम्तने र देशलाई वर्षौपछि घकेल्ने र विगतमा ओली नेतृत्वको सरकारसँग बिग्रिएको सम्बन्ध सुधारको प्रयास स्वराजको भ्रमणले देखाएको पछिल्लो समय भारतसँगको सम्बन्ध सुधारमा अग्रसर रहेको उनको भनाइ रहेको छ ।

उनले नेपालको विदेश नीतिकाबारे सरकारले आधिकारीक धारणा बनाएर अघि बढ्नु पर्नेमा उनले जोड दिँदै सीमा समस्याकाबारे सरकारले ठोस र कुटनीतिकस्तरबाट समाधानको बाटो अवलम्बन गर्नु पर्ने बताए ।

उनले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुई देशबिचको सम्बन्ध सुधारको प्रयास भएको र ओली नेतृत्वको सरकारसँगको सहकार्यताको निरन्तरता रहने संकेत रहेको बताए ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्